२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुन्दरहरैंचा, १७ कात्तिक । दसैं र तिहारजस्ता चाडपर्वसँगै किसानहरुलाई धान भित्र्याउने चटारो छ । अहिले किसानहरु धान काटेर थ्रेसर लगाउने काममा जुटेका छन् । मोरङको सुन्दरहरैंचा–११ कि कृषक कमला तिमिल्सिनाले चार कठ्ठा खेतमा लगाएको धानमा थ्रेसर लगाउने काम सकेकी छन् ।

उनले एक साताअघि काटेको धान सुकाएर थ्रेसर लगाउने सकेकी हुन् । सुन्दरहरैंचा नगरपालिकाले अनुदानका रुपमा दिएको बीउ रोपेकी उनले यस वर्ष अघिल्ला वर्षको तुलनामा धान फलाउन सकिनन् । पानी पर्याप्त भए पनि बेलामा मलखाद लगाउन नपाउँदा धान उत्पादनमा ह्रास आएको उनले बताइन् ।

सरकारले बेलैमा कृषकलाई मल उपलब्ध गराउन नसक्दा अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष धान उत्पादन नभएको उनको गुनासो छ ।

‘धानमा प्रायःजसो भुस र किराहरु लागेको छ । फेरि उत्पादन पनि पोहोरको तुलनामा कम छ । नगरपालिकाले अनुदानका रुपमा धानको बीउ उपलब्ध गराएको थियो, तर मलखाद बेलैमा उपलब्ध नहुँदा धान भनेजस्तो उत्पादन भएन’, उनले गुनासो पोखिन् ।

उनले लगाएको ‘साम्बा’ मन्सुली धानमा कालिपोके र घूनलगायतका किरा धेरै छन् । तथापि, धानको बोट राम्रो भएका कारण पराल भने पर्याप्त निस्किएको उनले बताइन् ।

सोही स्थानका मोहन घिमिरे पनि यसपालि धान उत्पादनमा कमी आएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!