
१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा संसदीय दलको बैठक बस्न लागेको एक सांसदले बताए ।
दलको बैठकबाट दलको नेतामा सभापति रवि लामिछाने चयन हुने बताएको छ । दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएकाले लामिछाने चयन हुने भएका छन् । आजै बसेको केन्द्रीय समिति बैठकले सरकारका विषयमा शुक्रबार निर्णय गर्ने निर्णय भएको छ ।