२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२३ वैशाख : दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् । ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!