२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२३ बैशाख : सुनसरीको ईटहरी उप-महानगरपालिका १ आपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।

घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!