२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, १७ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियामा कार र सिटी रिक्सा एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । आइतबार भएकाे सो दुर्घटनामा घाइते भएका सातमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो ।

सिटी रिक्साको चालकसहित ७ जना बाबाजीहरु घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि विराटनगर लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!