२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ जेठ । अध्यागमन विभागमा कार्यरत एक कर्मचारीको नियमित सरुवा भयो । काँठमाण्डौं बाहिरको सरुवा भए पछि , उनि नेताहरुको सरणमा पुगे । पहिला राजनितिक सोर्स फोर्स लगाउछन् , काँठमाण्डौं कै कुनै शक्तिशाली पोस्टिङ होस भनेर नेताहरु नजिक धाउन सुरु गर्छन ।

त्यस पछि ति नेताहरुको साथमा, सिधै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई भेट्छन् । मन्त्रीले उक्त कर्मचारीको हविगतबारे जानकार हुन्छन् । आउने बितिक्कै मन्त्री जयू मेरो सरुवा काठमाण्डौं मै गरिदिनुपर्यो भने । त्यस पछि मन्त्री मोदी , उनलाई भन्छन् , सोर्स लगाएर आउनुभयो देश कसरी चल्छ ? आज मात्रै एकै दिन १९ जनाले सोर्स लगाएर आए , र फर्किए पनि । तपाईको पोस्टिङ जहाँ भएको छ त्यही जानुस । अब हामी कहाँ सोर्स फोर्स लगाएर आउने कामै नगर्नु होला ।

सिडिओ समेत भइसेका उनलाई काठमाण्डौं कै पोस्टिङ चाहिएको थियो । उनले चाहेको ठाँउमा सरुवा भएन , र उनि मन्त्रालयबाट फर्किए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा कठिनाइ भए पनि सुसासनको सवालमा , सरुवा बढुवाको सवालमा सोर्स फोर्स लगाउने कर्मचारीलाई कार्वाही नै गर्ने बताएका छन् ।
पछिल्लो समय , मन्त्री मोदीले मन्त्रालय समाहले पछि निर्देश्नात्मक एवम सुसानमुखी कार्यहरु गर्दै आएका छन् । मन्त्री मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट धारणा राखेका छन् । सहरी विकास मन्त्रालयमा बर्षै देखी कार्यरत कर्मचारीलाई मन्त्रीले सरुवा गरिदिएका छन् । राजनितिक हस्तक्षेपका कारण बर्षौ देखी सरुवा हुन नसकेका कर्मचारीहरुको सरुवामा भइरहेको छ ।
देशै भरि निमित्तहरु हटाउदै यो अभियानलाई निरन्तर्ता दिइरहेका छन् भने , दुर्गम बसेकालाई सुगम र सुगम बसेकालाई दुर्गम पठाइरहेका छन् ।

हामीलाई प्राप्त एक भिडियोमा मन्त्री नजिक सोर्स लगाएर आउने कर्मचारीलाई उनले भने ,
” निमित्तहरु हटाइरहेका छौं । निमित्तहरु हटाउने अभियानमा छौं । दुर्गम बसेकालाई चाहिँ सुगम ठाँउ ल्याइ दिनु पर्छ । सधै , अन्यायमा पर्ने होइन । जो मान्छे अधिक अन्यायमा परेका छन् , त्यस्तोहरुलाइै न्याय दिनु पर्यो की परेन ? अब सबै काठमाण्डौं खोज्ने , राम्रो खोज्ने , बाहिर जान नचाहने ? अब हेरेर , एकै ठाँउ चार बर्ष , पाँच बर्ष , सात बर्ष बस्नेहरुलाई हटाइरहेका छौं । र सरुवा दिएका र रमाना नदिएकाहरु पनि कार्वाहीको प्रक्रियामा गइसकेका छन् । कोहि अनुशासान नै मान्दैन , कर्मचारी अनुशासन मान्नु पर्दैन । तपाईहरुलाई समस्या परे सचिव , सहसचिवहरुलाई सिधै सम्पर्क गर्न सक्नु हुन्छ त । सोर्स लगाएर आए ,देश कसरी चल्छ ? “

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!