२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

विराटनगर,१३ जेठ: देवानगंज गाउँपालिकाले वडा नम्वर ६ जिराेगुवामा रहेकाे श्री फाेचाे दास अधारभूत विधालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरिएकाे छ । शुक्रवार एक कार्यक्रमकाे आयाेजना गरि सुरूवाती चरणमा शिशु कक्षा,अपर किन्डर गार्टेन र कक्षा एकलाई पहिलाे चरणमा अंग्रेजी माध्यबाट सुरू गरिएकाे गाउँपालिकाका शिक्षक चन्दन मेहताले बताए । कक्षा ८ सम्म अध्यापन हुने यस विधालयमा एक सय सत्तरी जना विधार्थी रहेका छन । खेल सामग्री सहितकाे अत्याधुनिक कक्षा काेठालाई पूर्ण डिजिटल बनाउने लक्ष्य रहेकाे गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन मेहताले सुनाए ।


स्थानिय विधालयहरूका प्रअ,शिक्षक, बुद्धिजीवी राजनैतिक दलका प्रतिनिधि लगायत अभिभावकहरूका वीच एक भब्य कार्यक्रम गरि रिवनकाटेर गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले कक्षा उदघाटन गरेका हुन । उदघाटन कार्यक्रममा बाेल्दै अध्यक्ष मेहता भने शिक्षामा आमूल परिवर्तन ल्याउने साेचका साथ आफू अगाडि बढिरहेकाे छु सबैकाे साथ सहयाेग आवश्यक रहेकाे बताए । शिक्षामा अनावश्यक दलगत राजनैतिक बढिरहेकाे भन्दै दुख ब्यक्त गरे । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका अध्यक्ष मेहताले क्रमश प्रत्येक वडामा एउटा विधालयलाई यसरी नै अंग्रेजी माध्यममा पठनपाठन गराउने हाम्राे लक्ष्य रहेकाे उल्लेख गर्नुभयाे ।

उक्त कार्यक्रममा गाउँपालिकाकाे उपाध्यक्ष कुमारी विभा यादवकाे समेत उपस्थिति रहेकाे थियाे । फाेचाे दास अधारभूत विधालयका प्रअ रमेश मेहताकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा वडा नम्वर २ का वडा अध्यक्ष जगनारायण मेहताले विधालय शिक्षामा सुधार ल्याउन आफूहरू जस्ताे पनि कदम चाल्न पछि नपर्ने प्रतिवद्धता जनाए । त्यसैगरी वडा नम्वर ६ का वडा अध्यक्ष हरिनन्द मेहता पहिले जस्ताे शिक्षकहरूकाे मनलाग्दी अब नचल्ने बताए । प्रमुख प्रशासकीय अधिकृत रामराज पाैडेलले आजकाे बालबालिका भाेली देशका कर्णधार हुन भन्दै यी नानीबाबुहरूलाई अहिले देखि नै असल शिक्षा दिनसक्याे भन्ने मात्र एउटा असल समाज निर्माण हुन सक्ने धारणा राखेँ । नेपाली कांग्रेस वडा नम्वर ६ का सभापति रामप्रसाद चाैधरी लगायतका वक्ताहरूले अंग्रेजी माध्यम आजकाे आवश्यक्ता रहेकाेमा जाेड् दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!