
विराटनगर,२९ श्रावण: विराटनगर र कोशी प्रदेशको मुख्य न्यायधिवक्तामा बुद्धीबहादुर कटुवाल नियुक्त भएका छन ।
मुख्यमन्त्री उद्धव थापाले संविधानको धारा १६२ को उपधारा २ बमोजिम कटुवाललाई सिफारिस गरेअनुसार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कटुवाललाई नियुक्ती गरेका हुन ।
कोशी प्रदेशका नवनियुक्त कटुवाललाई सोमवार एक समारोहका विच उच्च अदालत विराटनगरका मुख्य न्यायधिश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
वि. स. २०२२ सालमा सुनसरीको वराहाक्षेत्र नगरपालिका -३ साविक भरौला गाविसमा जन्मिएका कटुवाल सुनसरीका कानून व्यवसायी हुन । राजनीति शास्त्रमा स्नातककोत्तर उतिर्ण गरेका उनले कानूनमा पनि स्नात्तक गरेका छन ।
धरान , इनरूवा कलेजमा अध्यपन गर्दै आएका कटुवालले विस् स २०५४ सालको स्थानीय निर्वाचनमा भरौलको गाविस अध्यक्ष र वि.स. २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र न १ (ख) बाट नेपाली काग्रेसको तर्फबाट प्रदेश सभाको उम्मेद्वार बनेका थिए ।