२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गाईघाट- यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाटसहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।

त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा वर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताइन् ।

चाैदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउँछिन्  । उनी भन्छिन्,“यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका बर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!