२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,३१ भदौ: मिथिलाको लोकआस्थाको महान् पर्व चौरचन भोली मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।

यस तिथिका दिन चन्द्रमा केही बेरका लागि मात्र उदित हुन्छ । चन्द्रोदयको यो दुर्लभताका कारण पर्वका दिन अलक्ष्य चन्द्र भएको जनविश्वास छ । पुराण अनुसार पर्वका दिन चन्द्रमामा कलङ्क लागेको हुन्छ । र, यसबेला चन्द्रदर्शन दोषपूर्ण हुन्छ । त्यसैले यस दिन खीर, पुरी, फलफूल, मिठाइ र दही हातमा लिएर मात्रै चन्द्रमाको पूजाअर्चना गर्दै दर्शन गर्ने परम्परा छ ।

यो पर्व सूर्यास्तपछि करिब अढाई घण्टासम्म हुने गर्छ । व्रतालुहरू चामल पिठोको घोल ९पिठार० बाट आँगनमा अरिपन ९शुभ प्रतीक चित्रांकन० तयार गर्छन् । त्यसपछि चन्द्राकार मण्डलमा केराका पात राखी त्यसमा पकवान राख्ने गरिन्छ । मण्डलानजिक केरा, धूपदीप, कलश आदि राख्ने गरिन्छ ।

पूजामा सामेल पुरुषहरूले मण्डलालाई चारैतिरबाट घेरेर खिरपुरीको प्रसादलाई बिचबाट आधाआधा गरी ग्रहण गर्ने गर्दछन् । चौरचनका लागि चढाइने सम्पूर्ण सामग्री चोखो र सफा हुनुपर्छ । विशेषगरी यस दिन शुद्ध शाकाहारी पकवान बनाइन्छ । जसमा खीर र पुरी पर्दछन् भने नयाँ माटोका भाँडामा एक दिन पहिले नै दही जमाएर राख्ने गरिन्छ । फलफूलका रूपमा निबु, केरा, हरियो मकै र नरिवल नभई नहुने फलमध्ये पर्छन् भने मौसमी फको पनि यसमा त्यतिकै महत्व मानिन्छ ।” यस दिन फलफूल लिएर मात्रै चन्द्रमाको दर्शन गर्ने परम्परा रही आएको छ  । त्यसैले चौरचनको पूजा हुने घरका समपूर्ण सदस्यले हातमा फलफूल लिएर मात्रै चन्द्रमाको दर्शन गर्छन् र फलफूल बिना चन्द्रलाई हेर्नुहुँदैन भन्ने मान्यता रहँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!