२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनकुटा, १७ कात्तिक । एवोकार्डोको राजधानी धनकुटामा करेसाबारीमा शौखका लागि एक–दुई बोट मात्र रोपेका किसानहरूले अहिले व्यवसायिक खेती सुरु गरेका छन् ।

नेपालीमा ‘घिउ फल’ भनेर चिनिने एवोकार्डो २०२८ सालमा सम्भाव्यताअध्ययनको क्रममा ब्रिटिसहरूले धनकुटामा भित्र्याएको मानिन्छ ।

धनकुटाको पाख्रिबासमा, कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै यसको संभाव्यता खोजिएको थियो ।

संस्थागत रूपमा धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एवोकार्डोको राजधानी घोषणा गरेसँगै किसानहरु व्यवसायिक खेतीमा आकर्षित भएका हुन् ।

अहिले धनकुटा नगरभित्रका ६ हजार ७ सय किसान एवोकार्डो खेतीमा लागेका छन् । नगरपालिकाको अध्ययनअनुसार नगरभरि अहिले एवोकार्डोका लगभग १२ हजार ३ सय ५८ बिरुवाहरुले फल दिन थालेका छन् ।

नगरपालिकाले किसानलाई यसमा आकर्षित गर्न र बगैँचा बिस्तारको लागि अनुदानमा बिरुवा पनि वितरण गरिरहेको छ ।

समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको हावापानीमा यसको व्यवसायिक खेती गर्न सकिन्छ । यसले रोपेको ४ देखि ६ बर्ष भित्रै उत्पादन दिन सुरु गर्छ भने एउटा बोटले ५० बर्ष सम्म फल दिइरहन्छ ।

राम्रोसँग हेरचाह गरेमा एउटा बोटबाट एकै सिजनमा १ हजार किलोसम्म उत्पादन लिन सकिन्छ । त्यसैले यसको व्यवसायिक संभावना राम्रो रहेको कृषि अभियन्त जिवन राई बताउँछन् ।

प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने यो फलको माग धेरै भएकाले किसानहरु यसको खतीतर्फ आकर्षित भएका हुन् । तर प्राविधिक ज्ञानको कमीले अझै यसको व्यवसायिक उत्पादनमा असर परेको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!