२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२९ मङ्सिर: सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । शुक्रबार उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अदालतका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म महानगरको मङ्सिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा १२ मङ्सिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’’

महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । साथै चुरोट खुद्रा बेञ्च रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धूमपान गरे एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!