२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुन्दरहरैंचा, १८ कात्तिक । हिन्दूहरू दोस्रो ठूलो चाड तिहार नकिकिँदो छ । प्रायः सबै जना तिहारको तयारीमा जुटे पनि किसानहरुलाई भने खेतको कामले सताएको छ । किसानहरू मुख्य बाली धान भित्र्याउने काममा व्यस्त छन् ।

किसानहरु असार–साउनमा रोपेको धान काट्ने, थ्रेसर लगाउने वा माड्ने, धान भित्र्याउने तथा पराल व्यवस्थापन गरी खेत जोत्ने काममा लागिपरेका छन् । अर्को बाली गहुँ वा तोरी छर्ने तयारीमा किसानहरु छन् ।

मोरङको सुन्दरहरैंचा–११ का किसान मुक्ति काफ्ले अहिले धान भित्र्याउने कार्यमा जुटेका छन् । असारमा रोपेको ठूली मन्सुली धान काटेर उनले थ्रेसर लगाउने तयारी गरिरहेका छन् । धान बोक्ने तथा थ्रेसिङ गर्ने तयारीमा जुटेका उनले यसपालि धानमा भन्दा परालमा फाइदा भएको सुनाए ।

आठ कट्टामा लगाएको धान अघिल्ला वर्षका तुलनामा कम फलेको उनले गुनासो गरे । तथापि, पराल भने पर्याप्त भएकाे उनले बताए । गाइबस्तुका लागि पराल पर्याप्त भएकाे उल्लेख गर्दै उनले धान भने भनेजस्ताे उत्पादन नभएकाे बताए । सुन्दरहरैंचा नगरपालिकाले अनुदानका रूपमा दिएको १७ किलो बीउ रोपेको भए पनि धान कम देखिएको उनको गुनासो छ ।

बेलामा मल खाद नपाएका कारण धान उत्पादनमा ह्रास आएकाे उनकाे भनाइ छ । अब थ्रेसर लगाउने काम सकेपछि पराल व्यवस्थापन गरी खेत जोत्ने उनले बताए । सो खेतमा तोरी छर्ने योजना उनको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!