
काठमाडौ २९ मंसिर: नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ।शुक्रबार मध्य राति देखि लागू हुने निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ, डिजल र मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्ने छ।
यसैगरी, चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ ५० पैसा पर्ने छ। डिजल र मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ।
यस्तै, सुर्खेत र दाङ डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्छ।
इन्डियन आयल कर्पोरेसनले शुक्रबार नै पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको थियो।