
विराटनगर, १८ कात्तिक । विराटनगरको न्युरो अस्पतालको कोभिड–१९ अस्पतालमा दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यका अनुसार मंगलबार बिहान दुई संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगर– ११ का ४९ वर्षीय पुरुष र धरान–१५ का ६३ वर्षीय पुरुष रहेका छन् । आज बिहान ३ः३० बजे धरानका पुरुषको र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।
असोज २७ गते कोरोना संक्रमण भएका धरानका पुरुष कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए ।
विराटनगरका पुरुष भने १४ कात्तिकमा भर्ना भएका थियो । सोही दिन उनका कोरोना देखिएको थियो ।