
विराटनगर ,२९ पाैष :।कवि शिरोमिण लेखनाथ पौडयालको जन्मजयन्तीको अवसरमा आईतवार स्थानीयहरुले विराटनगर—५ स्थित चाँदनी चौकमा रहेको पौडेलको अर्धकदको मूर्तीमा माल्यापर्ण गरि सम्झना गरे । सधै तामझामका साथ मनाईने जन्मजयन्ति यस बर्ष अत्यन्तै खल्लो महशुस भयो ।
शिरोमणि पुस्तकालय चाँदनी चौकले २० औ बर्षदेखी कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती पुष २९ गते भव्य रुपमा मनाउदै आएको थियो । खेलकुद प्रतियोगिता ,रक्तदान , कवि गोष्ठी , कविहरुलाई सम्मान र साझपख दिप प्रज्वलन गरि कार्यक्रम गरेर मनाइने प्रचलन थियो ।
शिरोमणि पुस्तकालका पूर्व सभापति राधाकृष्ण रेग्मी , विराटनगर—५ का जनप्रतिनिधि सूर्यलाल उराव र रोमबहादुर भट्टराई र स्थनीयहरु भेला भएर माल्यार्पण गरेर पौडेलको सम्झना गरे । पूर्व अध्यक्ष रेग्मीले विगतका परम्परालाई निरन्तरता दिन नसकिए पनि माल्यापर्ण गरेर सम्झना गरेको बताए ।