२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २९ पाैष :मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ ।
संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्रकार नरेन्द्र दाहाल पनि सम्मानित भएका छन । डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै जनालाई सम्मान पत्र सहित दोसल्ला ओढाए । संचार सहकारीले प्रत्येक बर्ष साधारण सभामा १ जना उत्कृष्ठ ऋणी र वचतकर्तालाई सम्मान गर्दै आएको छ । संचार सहकारीबाट उतकृष्ठ ऋणीका रुपमा सम्मानित भएकोमा मेहताले खुशी प्रकट गरे । कार्यक्रममा क्याम्पस प्रमुख ढकबहादुर मगर , पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना , संचार सहकारीका पूर्व अध्यक्ष मोहन भण्डारी , अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष महाप्रसाद खतिवडा  र लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रम र सहकारीकाे उपयाेतागिताका बारेमा प्रकाश पारे ।
१ सय १४ जना शेयर सदस्य रहेको यो सहकारीले आर्थिक बर्ष ०७९÷८० मा ६ लाख १८ हजार ३ सय ३५ खुद मुनाफा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!