२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिरहा,४ माघ: सिरहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ ।

नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो । नगरप्रमुख श्रवणकुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरे ।

यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको छ । राहदानीका लागि बायोमेट्रिक बाहेक आवेदन लगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुनेछ ।

स्थानिय स्तरबाट दिनसकिने सेवाकाे लागि प्रयत्न गरिरहेको र विस्तारे अन्य सेवाहरू सुचारू गरि सदरमुकाम जाने बाध्यताकाे अन्त्य गरिने नगरप्रमुख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!