२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर , ११ माघ: कोशी प्रदेशका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका २ जना उम्मेदवारलाई घात र अन्तर्घात भएको छ । घात र अन्तररघातका विच कांग्रेसका कृष्ण सिटौला विजयी भएता पनि माओवादी केन्द्रका चम्पादेवी कार्की पराजित भईन ।
एमाले राप्रपा गठबन्धका उम्मेदवार उद्धव पौडेलाई ७ सय ३२ बढी मतान्तरको मतभार प्राप्त गरि सिटौला विजयी भए । सिटौलाले ५ हजार २ सय ९४ र पौडेलले ४ हजार ५ सय ६२ मतभार पाएका थिए ।
प्रदेश सभामा कांग्रेस माओवादी सहितका चार दलीय गठबन्धन दलसँग कुल ४७ मत छ । जसमध्ये सिटौलाको पक्षमा ४५ जनाले मात्र मतदान गरे । ३ जनाले फ्लोर क्रस गरेका छन । एमाले र राप्रपा गठबन्धसँग प्रदेश सभामा ४७ मत छ । पौडेलले ४८ मत प्राप्त गरे । त्यस्तै स्थानीय निकायतर्फ सिटौलाले १ सय ५३ मत अर्थात २९ सय ७ मतभार पाए भने पौडेलले १ सय ९ मत अर्थात २ हजार ७१ मतभार प्राप्त गरे । प्रदेश सभा सदस्यको १ मत बदर भयो ।
उत्ता माओवादी केन्द्रबाट महिलातर्फ उम्मेदवार बनेकी चम्पादेवी कार्की झिनो मतले पराजित भईन । गठबन्धन दलका ३ जना प्रदेश सभा सदस्य र १३ स्थानीय निकायका प्रमृुखले फ्लोर क्रस गर्दा उनी पराजय हुन पुगिन । एमालेकी रुक्मणी कोइरालाले ५ हजार ६७ र कार्कीले ५ हजार ११ मत प्राप्त गरिन । विजयी भएपनि कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले माओवादी केन्द्रका उम्मेदवार चम्पा कार्कीको पराजयले आफू दुखी भएको बताए । सिटौलाले शान्ति प्रक्रृयाका बाँकी काम र गणतन्त्रलाई थप मजवुत बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।
कोशी प्रदेशमा सत्ता गठबन्धनसँग ५ हजार ४ सय ३६ छ भने एमाले र राप्रपा गठबन्धन सग ४ हजार ६ सय ४२ मतभार छ । एमाले , राप्रपा गठबन्धन भन्दा सत्ता गठबन्धनको मतभार फरक ७ सय९४ हो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभासद र स्थानीय निकायका जनप्रतिनिधि मतदाता रहन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!