२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१८ माघ: सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ।

आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो।

निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!