२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ कात्तिक । देशभर आज थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार एक हजार दुई सय ४७ जना महिला र एक हजार आठ सय ६७ जना पुरूषमा संक्रमणा देखिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । त्यस्तै देशभर आज तीन हजार एक सय ४२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार ४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!