२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ कात्तिक । प्रदेश १ मा मंगलबार थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा कोरोना संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५–५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १–१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १–१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!