२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२२ फागुन: नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।

मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

बैठकमा उपस्थित नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताउनु भयो । यद्यपि उहाँले नेकपा ९एकीकृत समाजवादी० को बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिने भन्नुभएको छ । सकारात्मक छ, यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ ।’’

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!