२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १८ कात्तिक । नेपाली काग्रेसले आज (मंगलबार)देखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा कांग्रेसले झण्डा आधा झुकाउने भएकाे हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।स्व. केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए ।

सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको यही कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!