२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, १८ कात्तिक । आफ्नै छोरोको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले ११ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ का ५१ वर्षीय बुनिया भन्ने करिम मियाँ रहेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०६६ सालमा आफ्नै तीन महिने छोराको घाँटी थिची हत्या गरेर फरार रहेका उनलाई सुनसरी प्रहरीले १८ कात्तिकमा प्रहरीले पक्राउ गरेको हो ।

माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन २२ मंसिर २०६६ माससुरालीघरमा गएका उनले श्रीमतीसँग वादविवाद भएपछि छोरा–छोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।

उनकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् ।घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले १७ कात्तिकमा इनरुवाबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका मियाँको कानुनी प्रक्रिया सुरु भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!