२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,२ चैत्र: नेपालमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो ।
नयाँ मूल्य शुक्रबार मध्यराति देखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!