
झापा, १९ कात्तिक । झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ वर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ वर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।
भारतबाट नेपालतर्फ लुकाईछिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।
अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा विभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटका, अटो र मानिससहितलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।