
विराटनगर,१७ चैतः भारतीय सिमा सँग जोडिएको पालिकाहरूमा रातीको समयमा किसानको वस्तुभाउ चोरी हुने गुनासोका विच आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई एवम् राज्यमन्त्री सुनिता गुरूङ रामले देवानगंज गाउँपालिकाका विभिन्न वडाहरूमा रहेको प्रहरी चौकीको अनुगमन तथा सुरक्षा समयन्त्र सँग जानकारी लिएका छन् ।
आज शनिवार विदाको दिनमा समेत सर्वसाधारणको समस्यामा चासो देखाउँदै विराटनगर देखि १४ किलोमिटर पश्चिम र ईनरूवा देखि २० किलोमिटर दक्षिणमा पर्ने सो पालिकामा गाई,गोरू,भैसीँ चोरीको घटना बढ्दो रूपमा रहेकोले सो समस्या समाधानको लागि अनुगमन गर्नुपरेको राज्यमन्त्री गुरूङले बताए ।
यस्तो किसिमको प्रत्यक्ष अनुगमनले मन्त्रालयको बजेट लगायत अन्य ब्यवस्थापनमा सहज हुने भएकोले अनुगमन गरि स्थानिय स्तरमा देखिएको समस्यालाई आफ्नो स्तरबाट हुन सक्ने भए तत्काल समाधान गर्न मातहतको निकायलाई निर्देशन दिने मन्त्री राईले बताए। अनुगमन र छलफलमा अधिकांश स्थानियहरूले चोरीको घटनाको विषयमा चिन्ता ब्यक्त गरेका थिए ।
ईलाका प्रहरी कार्यालय देवानगंजको प्रशासनिक भवन र थुनुवा कक्ष चमेनागृह लगायत,वडा नम्वर १ मध्यहर्षाही स्थित रहेको अस्थायी प्रहरी चौकी,देवानगंज वडा नम्वर ३ मोतिटप्पु स्थित रहेको अस्थायी प्रहरी चौकी,वडा नम्वर ४ मा रहेको प्रहरी चौकी ,वडा नम्वर ५ मा रहेको प्रहरी चौकी र वडा नम्वर ६ मा रहेको अस्थायी प्रहरी चौकीको अनुगमन गरेका थिए । अनुगमनको क्रममा मन्त्री राईले वडा नम्वर ६ मा रहेको अस्थाई प्रहरी चौकीका लागि १५ लाख विनियोजन भईसकेको र थप प्रहरी चौकीहरूका लागि आवश्यकताको अधारमा क्रमशः मर्मत गर्नुपर्ने संरचनाका लागि आवश्यक निर्णय समेत लिने बताए ।कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री र राज्य मन्त्री समेतको टोलीबाट भएको उक्त निरीक्षण अनुगमनको क्रममा स्थानीय जनप्रतिनिधिहरू, उद्यमी व्यवसायी, नागरिक समाज लगायत सर्वसाधारण नागरिकहरूवीच त्यस क्षेत्रको शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र त्यस क्षेत्रका विविध समस्याहरूको बारेमा ठाउँ ठाउँमा छलफल समेत गरिएको थियो ।
अनुगमन टोलीमा ईनरूवा नगरपालिकाका प्रमुख केदार कार्की,पूर्व प्रतिनिधिसभा सदस्य सिताराम मेहता,पूर्वप्रदेश सभासदस्य राजीव कोईराला,देवानगंज गाउँपालिका उपाध्यक्ष कुमारी विभा, वडा अध्यक्ष मनोज मण्डल,स्थानिय नेता श्यामलाल मेहता,जगधर यादव समेतको सहभागिता रहेको थियो ।