
काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारकै कार्यकालमा अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्ने बताएका हुन् ।
अतिक्रमित भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सधैँ सत्यका पछि लाग्नुपर्ने उल्लेख गर्दै एक्लै भएपनि सत्यको पछि लाग्दा अन्ततः त्यस्कै विजय हुने बताए ।