२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,२ बैशाख: झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ११ बजे झापाको कमल गाउँपालिका- ३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्कि दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाईकलमा पछाडी सवार १५ बर्षीय बिपल नेपाल घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागी BNC अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ लिम्बुको मृत्यु भएको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को.३६ प २५६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र- ७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको भने घाइते भएका मोटरसाईकलमा पछाडी सवार २३ बर्षीय बिशाल कोइरालाको घोपा धरानमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!