२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ,२८ बैशाख: मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरी अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारकोलागी बिराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
उक्त घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!