
विराटनगर,०४ जेष्ठ: काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुक्रवार १० सदस्यीय मन्त्रीपरिषदको विस्तार गरेका छन । तेस्रो पटक गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्ती भएको नौ दिनमा उनले मन्त्रालयको बाँडफाड गरेका हुन । अव मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले कृषि , उद्योग तथा सहकारी मन्त्रालय आफै राखेका छन । अन्य मन्त्रालयको भागबन्डा अव टुंगिएको छ ।
एमाले र माओवादी केन्द्र विच भएको सहमति अनुसार एमालले मुख्यमन्त्री सहित ६ मन्त्रालय र माओवादी केन्द्रले ४ मन्त्रालय लिएको छ । शुक्रवार साझ ४ बजे सपथ ग्रहणको केही घन्टा अघि मन्त्रालय बाँडफाडको टुंगो लागेको हो ।
आजै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालयमा एक समारोहका विच पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
विस्तार गरिएको यस पटकको मन्त्रीपरिषदमा राज्यमन्त्री पनि थपिएको छ । राज्यमन्त्री नियुक्तीहुनेहरुमा एमालेबाट भोजपुरकी सिर्जना राई र माओवादी केन्द्रबाट झापाकी बन्दना झागड छिन । एमालेबाट राज्यमन्त्री बनेकी राईलाई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिएको छ भने माओवादी केन्द्रकी झागडलाई पर्यटन , बन तथा बातावरण राज्यमन्त्रीमा नियुक्ती गरिएको छ । आजै दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
कार्य विभाजन अनुसार एमालेबाट मन्त्रीहुनेहरुमा लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्रालय , एकराज कार्की उर्जा ,सिचाई तथा खानेपानी मन्त्रालय , रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालय र पाचकर्ण राई सामाजिक विकास मन्त्रालय छ । त्यस्तै माओवादी केन्द्रबाट गणेश उप्रेती भौतिक योजना मन्त्रालय ,राजेन्द्र कुमार कार्की स्वास्थ्य मन्त्रालय र नारायण बुर्जामगर पर्यटन ,बन तथा बाताबरण मन्त्रालय छ । माओवादी केन्द्रले पुरानै मन्त्रीहरुलाई यस पटक दोहराएको छ ।
पहिलो चरणमा मुख्यमन्त्री कार्कीसँगै विना विभागिय मन्त्रीमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एमालेबाट राम बहादुर मगर सपथ ग्रहण गरेका थिए ।
माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती , राजेन्द्र कार्की र नारायण बुर्जा मगर यस अघिका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सहभागि थिए ।