२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर धकेल्नु हो भने ।

‘के अहिले मैले राजीनामा दिन मिल्छ ? अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो । यसैले म राजीनामा दिन्न’, उनले भने ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुरा सुनेको तर त्यसबाट केही नहुने बताए । आफू यो पदमा कुनै जालझेल र तिकडमबाट नआएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको आवश्यकता र समर्थनबाट आएकोले ढुक्क भएर काम गर्न आग्रह गरे ।

‘अस्थिरताको खेती गरेर देशलाई अस्थिरतातिर धकेल्ने बानी परेकाहरू छन् । देशलाई मैले स्थिरतातर्फ लानेछु’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!