
विराटनगर, १९ कात्तिक । रंगेलीमा च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । मंगलबार राति रंगेली–७ नयाँटोलस्थित लक्षु महतोले सञ्चालन गरेको च्याउन उत्पादन गर्ने घरभित्र तास खेलिरहेका नौ जना पक्राउ परेका हुन् ।
पक्राउ पनेर्रूमा रंगेली–४ का २९ वर्षीय विकासकुमार मण्डल, ३५ वर्षीय कमल देव, धीरेन साह र लक्षु महतो, १९ वर्षीय भोलेलाल मण्डल र दीपक मण्डल, ६५ वर्षीय श्रीप्रसाद मुखिया, ३७ वर्षीय झम्सी यादव तथा २० वर्षीय चन्दन मण्डल रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा इप्रका रंगेलीका प्रहरी निरीक्षकसहितको टोलीले उनीहरुलाई ५९ हजार ९ सय रुपैयाँ नगदसहित पक्राउ गरेको हो । यसैगरी १ हजार ८५० भारु र ९ थान मोबाइल बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जनाए ।