
काठमाडौं ,७ साउन: विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो ।
गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा बिजुलीको बढ्दो मागले विगत २० वर्षको रेकर्ड यस वर्ष तोडिने उल्लेख छ ।
साथै बिजुलीको बढ्दो मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने छ । बढ्दो गर्मीसँगै बिजुलीको माग पनि बढेका कारण कोइला र नवीकरणीय ऊर्जामार्फत् विद्युत् उत्पादन गर्ने क्रम पनि बढ्ने अनुमान छ ।