२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,११ साउन: कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।
मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री गणश उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।

१७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!