
२४ साउन: मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार परियोजना अघि बढाउन नेपाल भारतका सम्बद्ध अधिकारीबीच छलफल भएको छ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंहलाई भेटेका हुन्।
उनीहरूबीच मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए।
उनीहरूले त पहिल्यैदेखि चासो दिइरहेका छन्। अब हाम्रोतर्फबाट पनि छिटै अघि बढाउँछौं, उनले भने।
मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई दिएको थियो।