२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मकवानपुर,६ भदौ : मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको भैंसी गोठमा मृत अवस्थामा बाघ फेला परेको छ । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गर्दा एउटा भैंसी घाइते भएको हो । गोठमा बाघ मृत अवस्थामा फेला परेको र एउटा भैंसी घाइते अवस्थामा फेला परेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार बाघ बुढो भएकोले भैंसीसँग जुध्ने क्रममा मृत्यु भएको हुनसक्छ ।

इलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बुढो भएकोले भैंसीले हान्दा मृत्यु भएको देखिएको बताइएको छ ।

बिहीबार बिहान चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मृत बाघ लिएर गएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावरबाट सर्वसाधारण त्रासमा बस्न बाध्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!