२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

फरोज हवारी  बिराटनगर, ११ भदाै । लामाे ईतिहास र कालखण्डलाई जिवित राख्दै विराटनगरका यूवाहरूले चलचित्रकाे क्षेत्रमा फेरि नया आयाम थपेका छन ।
विभिन्न जात जातीकाे घुलन बस्ती रहेर पनि अाफ्ना संस्कृति र परमपरालाई जिवित राख्ने विराटनगरबासीकाे अग्रसरतामा मैथली नाम दिएकाे चलचित्रकाे निर्माण भएकाे छ
विराटनगरमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा “वर र बधु” नामक नेपाली चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ। मैथिलि नाममा निर्माण गरिएको यो चलचित्रले समाजमा देखापरिरहेका विभिन्न घटनाहरुलाई चित्रण गरेर तयार पारिएको तथा रोमाञ्चक कथावस्तु प्रस्तुत गर्ने बताइएको छ।

यश चलचित्रको जानुका थापा छिन भने निर्देशन मिलन चाम्सले गरेका छन्। यस चलचित्रकाे प्रमुख भूमिकामा अभिनेता किरण केसी र अभिनेत्री कुसुम शर्मा छन्। महत्त्वपूर्ण सहायक भूमिकामा नायक विवेक कर्मचार र नायिका आचल शर्मा रहेका छन्, जसले चलचित्रलाई थप रोचक र आकर्षक बनाउने विश्वास गरिएको छ।

यस चलचित्रमा समाजमा विद्यमान रहेका सामाजिक मुद्दाहरुलाई प्रस्फुटन गर्न खाेजिएकाे छ ।साथै मनोरञ्जन र चेतनाकाे वेजाेड प्रस्तुती छ ।चलचित्रले नेपाली भाषामा बनेका चलचित्रहरुको महत्त्व र सम्भावनालाई पनि अगाडि ल्याउने अपेक्षा गरिएको छ।

चलचित्रको प्रदर्शन भाद्र १४ गतेदेखि बिराटनगरको सिटी सिनेमा हलमा र अन्य हलहरुमा पर्दशन हुदैछ । याे चलचित्रकाे निर्माणले बिराटनगरलाई चलचित्र उद्योगको महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्न र योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!