
विराटनगर,१६ असाेज: नेपाली काग्रेस काेशी प्रदेश समितिले दशैकाे मुखमा राजधानी लगायत देशका विभिन्न स्थानमा अलपत्र परेर फसेका सर्वसाधारणलाई तत्कालै उद्धार गर्न सरकार समक्ष माग गरेकाे छ ।
काेशी प्रदेशकाे प्रवत्तामा नियुक्ती पाएपछि पहिलाे पटक म०गलवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवत्ता यदू विष्ठले प्रदेश यस्ताे माग गरेका हुन ।
गत असाेज ११ गतेदेखी परेकाे अविरल बर्षाले काेशी प्रदेश लगायत देशका विभिन्न भागमा सडक सञ्जाल अवराेध छ । सडक अवराेध हुदा दशैकाे मुखमा घर अाउन नपाएर अलपत्र परेका सर्वसाधारणलाई गन्तव्य सम्म पुर्याउन पार्टीले केन्द्रीय सरकार र काेशी प्रदेश सरकार समक्ष माग गरेकाे हाे ।
दशैकाे मुखमा घर अाउन नपाएर राजधानीमा अलपत्र परेका काेशी प्रदेशबासीलाई सवारी साधनकाे प्रवन्ध गरेर भएपनि गन्तव्य सम्म पुर्याउन उनले माग गरे ।
यस्तै बाढी र पहिराेबाट प्रभावित भएका प्रदेशबासीलाई तत्कालै राहत र उद्धारकाे लागि तदारूपता अपनाउन पनि काग्रेस प्रदेश समितिले माग गरेकाे छ ।
यस्तै चाडवाडकाे मुखमा कालाेबजारी गर्ने र अत्याधिक मूल्य लिई खाधय पदार्थ विक्रि वितरण गर्नेमाथी निगरानी बडाई अनुगमनलाई तिव्रता दिन पनि पार्टीले माग गरेकाे छ ।
साथै निकट भविश्यमै पार्टीका विभिन्न विभागहरू सहितकाे प्रदेश सम्मेलन गर्ने तयारी भैरहेकाे पनि प्रवत्ता बिष्ठले जानकारी दिए ।