
झापा, २० कात्तक ।झापाबाट तीन लाख बराबरको पटका बरामद भएकाे छ । झापाको भद्रपुर नगरपालिका-५ स्थित सीमा क्षेत्रबाट करिब तीन लाख बराबरको पटका बरामद गरिएको हो ।
मंगलबार साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतीय बजारबाट पटका खरिद गरी सीमा क्षेत्रमा लुकाईछिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर-५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तीन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।