२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २० कात्तिक । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको बताए ।

सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको बताए ।

उनले भने, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!