
विराटनगर ३ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चालू आर्थिक बर्षको यसै महिना देखी प्रदेशस्तरीय आन्तरिक राजस्व कार्यालय संचालनमा ल्याउने घोषणा गरेका छन ।
७ औं प्रदेश स्थापना दिवशको अवसरमा शनिवार विराटनगरमा आयोजित एक कार्यक्रम मुख्यमन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन । प्रदेशको स्रोतलाई व्यवस्थापन गर्न , राजस्वको दायर बढाउन र स्रोतलाई वृद्धि गर्दै लान प्रदेश सरकार नयाँ सोच र शैलीका साथ अघि बढने तयारी गरेको उनले स्पस्ट पारे ।
प्रदेशको आन्तरिक स्रोत कमजोर देखिएको छ ,स्रोत सुधारको लागि अध्ययन पनि भैरहेको छ उनले भने , यही आर्थिक बर्षको पहिलो महिना भित्रै नयाँ आन्तरिक राजस्व कार्यालय संचालनमा ल्याउछौ र प्रदेशको स्रोतलाई व्यवस्थापन गर्दछौ । मुख्यमन्त्री कार्कीले अर्को बर्षदेखी राजस्वको क्षेत्र र दायर समेत बढाउने स्पस्ट पारे । प्रदेशको समृद्धिको लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेको महसुस गर्दै चाडै प्रदेशभरिमा ६० प्रतिसत नयाँ कर्मचारी नियुक्ती गर्ने बताए । प्रदेश स्थापना भएदेखी नयाँ नियुक्ती भएको छैन चाडै प्रदेश लोक सेवा आयोग मार्फत नयाँ कर्मचारी को नियुक्ती हुने प्रक्रृया प्रारम्भ हुने उनको कथन छ ।
साथै उनले यसै बर्षदेखी प्रदेश योजना आयोगलाई पूर्ण अधिकार सम्पन्न बनाउने बताए । प्रदेश योजना आयोगलाई योजना बैकको रुपमा अघि बढाएर प्रदेशको समृद्धिमा ध्यान दिने उनको योजना छ । यसको लागि विकास निर्माणसँगै सामाजिक क्षेत्रमा पनि बलियो उपस्थिति जनाउने प्रतिवद्धता उनको छ ।
अर्को एक प्रसङ्गमा उनले कोशी प्रदेशको नामाकरणको बिषयलाई लिएर अनावश्यक विवाद उठाइरहनु नपर्ने बताए । प्रदेश सभाको बहुमत सदस्यले पारित गरेको विषयलाई असन्तुष्ठ पक्षले समेत स्विकार गर्नुपर्ने उनको सुझाव छ ।