
विराटनगर ३ चैत : नाडेप लघुवित्त संस्था लिमिटिेड मोरङ टंकीसिनवारी शाखाले आफ्ना शेयर सदस्यहरुको लागि तरकारी खेती र वित्तिय साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ ।
शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउदै उनीहरुको वृत्ती विकास गर्ने उद्देश्य लिई कार्यक्रमको आयोजना गरिएको संस्थाका इलाका प्रमुख सरोज घिमिरेले बताए । नाडेप लघुवित्त संस्थाले समय समयमा आफ्ना शेयर सदस्यहरुलाई यस्तै उपयोगी कार्यक्रम संचालन गरिरहेको छ ।
कृषिमा निर्भर रहेका संस्थाका अधिकांश सदस्यहरु तरकारी खेतीमा निर्भर भएपनि विभिन्न रोगको प्रकोपबाट होसियारी अपनाउने विषयमा जानकार छैनन । तरकारी खेती गर्नुपूर्व सचेत गराउदै संस्थाले यसबाट बच्ने उपायका बारेमा तालीम दिएको थियो । कटहरी गाउँपालिकाका कृषि अधिकृत चित्रकुमारी राईले तरकारी खेतीमा देखिएको समस्या , समाधान र उपायका बारेमा प्रशिक्षण थिईन भने वित्तिय साक्षरताका विषयमा इलाका प्रमुख सरोज घिमिरेले जानकारी ा दिएका थिए ।
नाडेप लघुवित्तले विभिन्न क्षेत्रमा आफ्ना सदस्यहलाई कर्जा उपलब्ध गराउदै आएपनि कर्जा लिएपछि नतिर्ने ऋणीहरुलाई विधमान कानून र नियमको बारेमा जानकारी दिएको थियो । तालीम कार्यक्रमका संचालक केदारमणि पोखरेलले शेयर सदस्यहरुलाई संस्थाले विभिन्न कार्यक्रम संचालन गरेर आत्मानिर्भर बनाउदै लगेको बताए ।
वरौहा —२ का कलावती देवी माझी , कृषि व्यापारी कविता देवी यादव र आषाकुमारी माझीले तालीम एक दिवशीय नभएर ३ दिवशीय बनाउन संस्थालाई सुझाव दिईन ।