२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २१ कात्तिक । प्रदेश नम्बर १ मा आगामी कात्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रूपमा बन्द हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो ।

लामो समयको बन्दाबन्दीमा सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने बेवास्ता गरेको आरोप यातायात व्यवसायीहरुले लगाएका छन् ।

इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण यातायात नचलेपछि बैंकको व्याज र कर्मचारीलाई तलबसमेत खुवाउन समस्या परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!