२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ कात्तिक । विराटनगरमा लहरीले अटोलाई ठक्कर दिँदा एकको मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् । विराटनगर–३ दूधफारम नजिक एनएल ०२–एन ४४८७ भारतीय लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा अन्दाजी ३५–४० वर्षीया एक महिलाको मृत्यु भएकाे हो ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् । मृतकको  पहिचान खुलेको छैन । उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएकाे हो ।

घाइतेमध्ये पुरुष अटोका चालक विराटनगर १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ हुन् । गम्भीर अवस्थाकी घाइते महिलाको पहिचान खुलेको छैन । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका  लहरीले सडक पार गर्दै गरेकाे को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ ।

प्रहरीले लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमारलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!