
वीरगञ्ज, २१ कात्तिक । बिहार राज्यको तेस्रो तथा अन्तिम चरणको लागि भोलि मतदान हुने कार्यक्रम रहेको छ । विशेषगरी बारा, पर्सा, रौतहटसँग सीमा जोडिएका इलाकामा भोलि निर्वाचन हुने भएको कारण हिजो साँझदेखि नै सीमानाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिए ।
२ सय ४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरण अन्तरगत क्रमशः ७१ सिट र ८४ सिट गरी कुल १४५ सिटको लागि चुनाव सम्पन्न भइसकेको छ । २८ अक्टोरमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो भने नोभेम्बर ३ का दिन दोश्रो चरणको निर्वाचन भएको थियो ।
भोलि नेपालसँगै सीमा जोडिएका बिहारको उत्तरी भेगमा चुनाव हुन लागेको हो । उत्तरी भेगका १५ जिल्ला भित्र ७८ सिटको चुनावपछि बिहारमा कसको सरकार बन्छ भन्ने कुरा निर्क्याैल गर्नेछ ।
बिहारको उत्तरी १५ वटा जिल्लाहरुमा पश्चिम चम्पारण, पूर्बचम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरयिा, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर लगायतका जिल्ला रहेका छन् ।