२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुबीच बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका पाँच सदस्यहरु बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार विहान साढे ९ बजे भेट्ने समय तय भएपनि अध्यक्षसहितका नेताहरु १२ बजेमात्र बालुवाटार पुग्नुभयो । सोअघि उहाँहरु धुम्बाराहीमा छलफल गर्नुभएको थियो । अध्यक्ष ओलीसँग लिखितरुपमै बैठकको आग्रह गर्ने तयारी उहाँहरुले गर्नुभएको बुझिएको छ ।

यसअघिसम्म अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड एक्लाएक्लै भेट गर्दैआउनुभएको थियो । उहाँले पार्टीको बैठक बोलाउनेबारे पटक पटक अध्यक्ष ओलीसँग परामर्श गर्दा पनि सुनुवाई नभएको शुक्रबारको अनौपचारिक बैठकमा नेताहरुलाई जानकारी गराउनुभएको थियो । सोहीअनुसार आज पाँच जना नेताहरु संयुक्तरुपमा अध्यक्ष ओलीलाई भेटी बैठकको लिखित माग गर्ने तयारी गर्नुभएको छ ।

यसअघि भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको सांगठनिक एकता र पार्टीको बाँकी काम पूरा गर्ने तयारीस्वरुप ठोस प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । दुई जना अध्यक्षले पार्टीको बाँकी सांगठनिक एकताको काम असोज मसान्तभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर अध्यक्षबीचको तिक्तताले नियमित बैठक बस्न नसकेपछि त्यो काम पूरा भएको छैन ।

सचिवालयको बैठक बसी पार्टीको बाँकी कामबारे छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राख्दै आएको बताउनुभएको छ । आजको बैठकमा पनि पार्टीको आन्तरिक समस्या समाधान तथा सरकारले गर्ने नियुक्तीको विषयबारे समेत छलफल हुने नेताहरुले बताउनुभएको छ । पछिल्लो कर्णाली विवादले दुई अध्यक्षबीच झन दूरी बढाउने काम गरेपछि त्यस विषयमा पनि सचिवालय बैठक गरेर समस्याको समाधान खोजिनुपर्ने बुझाई नेताहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!