२०८२ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर ,६ जेठ : गभर्नर सिफारिस समिति बैठक सुरु भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो।

समिति बैठकले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी छ। गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!