२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सल्यान, २२ कात्तिक । सल्यानमा २१ करोड बढीको आलु उत्पादन भएको छ । वर्षे र हिउँदे आलु गरी २१ हजार ९४ लाख ५० हजार मेटिक्टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ । वर्षे आलु ५ सय ५० हेक्टरमा ४ हजार ५ सय ६० मेटिक्टन र हिउँदे १ हजार ८ सय २० हेक्टरमा १९ हजार ५ सय ५० मेटिक्टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादनमा वृद्धि आएको छ । वर्षे आलु २० दशमलव १९ प्रतिशत र हिउँदे १६ दशमलव २१ प्रतिशतले वृद्धि आएको उनको भनाई छ ।

उत्पादन भएको आलु मध्ये १२ हजार ५५ मेटिक्टन आलु आन्तरिक र ४ हजार ७ सय ४० मेटिक्टन विउमा गरी जम्मा १६ हजार ७ सय ९५ मेटिक्टन आलु आन्तरिक रुपमा नै खपत हुने गरेको बस्नेतको भनाई छ । उत्पादित ७ हजार ३ सय १५ मेटिक्टन आलु बजारमा पुगेको उनले भने ।

गत आ.व.मा २ हजार २ सय ४० हेक्टरमा २० हजार ६ सय १७ मेटिक्टन आलु उत्पादन भएको थियो । उन्नत जातको आलुको विउ वितरण, आलु ब्लक कार्यक्रम , सिँचाई सुविधाको विस्तारले जिल्लामा आलुको उत्पादन बढेको सूचना अधिकारी बस्नेतले बताए ।

उनले भने, ‘आलुको पकेट क्षेत्रको रुपमा रहेको वाफुखोलालाई आलु ब्वक कार्यक्रम सञ्चालन गरेका छौं । यस्तै उन्नत जातको विउ र सिँचाईको पहुँच वृद्धिले पनि उत्पादनमा वृद्धि ल्याएको छ ।

आलुले उचित मुल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानको आलुले राम्रो मुल्य पाएको छ ।

विगतका वर्षहरुमा १५ देखि २५ रुपैयाँसम्म विक्री गर्दै आइरहेका किसानहरुले यो वर्ष भने ३५ देखि ५५ रुपैयाँ किलोसम्म बिक्री गरेका छन् । सल्यानका आलु बढी मात्रामा पोखरा, दाङ, बुटवल जाने गरेको छ । खेतबारीमै खाएर खरिदकर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको किसानहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!